नायक राजेश हमालले माडीको भ्रमण गरेको भिडियो लाखौले हेरे (भिडियो सहित)

442
SwadeshPost

७ माघ, चितवन । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले माडीको भ्रमण गर्दै स्वर्गसंग तुलना गर्दै पर्यटन प्रवर्धन गरेको भिडियो लाखौले हेरेका छन् ।

स्वदेश टि.भी.ले आफ्नो युट्युब च्यानलमार्फत प्रकाशित गरेको सो भिडियोले एक लाखभन्दा धेरै भ्यु पाइसकेको छ । भिडियो हेर्ने अधिकांशले हमालको सरलता र माडीको सुन्दरताको प्रशंसा गरेका छन् ।

केहि दिनअघि महानायक हमालले आफ्ना नीजि सचिव दीपेन्द्र महतासंगै माडीको यात्रा गर्नुभएको थियो । उहाँहरुले माडीको गर्दी र बनकट्टा गाउँ तथा बाँदरमुढे स्मारकको अवलोकन र पैदल घुमफिर गर्दै माडी आफूलाई अति मन परेको बताउनुभएको थियो ।

SwadeshPost