सडक निर्माण कार्य जारी रहँदा पूर्वी माडीका स्थानीयबासीहरु धुलोको मारमा

481
SwadeshPost

७ माघ, चितवन । नारायणगढ माडी ठोरी हुलाकी मार्ग अन्तरगत पूर्वी माडीको खरकट्टादेखि बगहीँसम्म सडक निर्माण कार्य जारी रहँदा स्थानीयबासीहरु धुलोको मारमा परेका छन् ।

सडक कालोपत्रेका लागि बाटोमा माटो र सबबेस थुपारिएपनि पानी नहालेका कारण सडक धुलाम्य भइरहेको हो । बज्रगुरु कन्स्ट्रक्सनले निर्माण गरिरहेको सो बाटोको निर्माण अन्तरगत हाल स्ट्रक्चर निर्माणको काम चलिरहेको छ । सो खण्डमा साना ठूला सवारी साधन गुड्दा बाटो अत्यधिक धुलाम्य हुनेगरेको छ ।

सडक धुलाम्य हँदा त्यस वरपरका व्यवसायी तथा स्थानीयबासीहरु प्रभावित भइरहेका छन् भने बाटोमा हिँड्ने पैदलयात्रीसंगै दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र साना ठूला सवारी साधनमा यात्रा गर्नेहरुले समेत असहज महसुस गरिरहेका छन् । निर्माण पक्षलाई बाटोमा धुलो नियन्त्रणका लागि पानी हाल्न अनुरोध गरेपनि सुनुवाई नभएको स्थानीयबासीले गुनासो गरेका छन् । बाटोमा पानी हाल्न सुरु नगरे निर्माण पक्षको गाडी रोक्ने उनीहरुको चेतावनी छ ।

SwadeshPost