माडी ११ लाई हराउदै सेन्ट्रल कलेज बि एफ सि भरतपुर फाइनलमा प्रवेश

159
SwadeshPost

७ माघ, चितवन। राष्ट्रियस्तरको माडी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गतको सेमिफाइनल खेलमा माडी ११ लाई हराउदै सेन्ट्रल कलेज बि एफ सि भरतपुर फाइनलमा प्रवेश गरेकोे छ ।

प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा माडी ११ लाई एफ १–० गोलले पराजित गर्दे सेन्ट्रल कलेजले फाइनलमा स्थान बनाएको हो। खेलमा म्यान अफ द म्याच सेन्ट्रल कलेजका जितेश गुरुङ घोषित हुनुभएको थियो ।

प्रतियोगिताको सेमिफाइनल खेल अन्तर्गत बिहिबार दिउँसो २ बजे काठमाण्डौ ११ र लेखनाथ युनाइटेड क्लब पोखराबिच दोस्रो चरणकोे खेल हुने जनाइएको छ । माडीकै सर्बाधिक पुरस्कार राशीको राष्ट्रियस्तरको सो फुटबल प्रतियोगितामा देशभरका ८ वटा टिमहरू सहभागी रहेका छन । प्रतियोगिता माघ १० गतेसम्म जारी रहने छ।

SwadeshPost