खेल क्षेत्रमा योगदान पुर्याउने समाजसेवी नबिन घिमिरे सम्मानित

494
SwadeshPost

७माघ, चितवन। खेल क्षेत्रमा योगदान पुर्याउने समाजसेवी नबिन घिमिरे सम्मानित हुनुभएको छ ।राष्ट्रियस्तरको माडी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत एक कार्यक्रमकाबीच बसन्तपुर युनाइटेड क्लबका पुर्व अध्यक्ष गोपाल श्रेष्ठ र वर्तमान अध्यक्ष नबिन बस्यालले घिमिरेलाई दोसल्ला र प्रमाण पत्र सहित सम्मान गर्नुभएको थियो।

विगत लामो समयदेखि आफ्नो अमूल्यजीवनलाई सामाजिक कार्य र खेलकुद विकासमा समर्पित गर्दै समाजमा आदर्श व्यक्तिको रूपमा परिचित घिमिरकाे समाजसेवाप्रति उच्च सम्मान गर्देै दोसल्ला ओढाएर सम्मान गरिएको हो ।देशमा मात्रा नभई विदेशमा रहेर पनि विभिन्न सामाजिक कार्यहरूमा महत्वपूर्ण योगदान दिइरहनु भएका घिमिरे हाल साहारा युवा क्लबका सल्लाहकार मार्फत सामाजिक कार्यमा अग्रसर हुनुहुन्छ।

SwadeshPost