दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगिताको उपाधी काठमाडौं ११ ले उचाल्यो

362
SwadeshPost

माडीमा सञ्चालित राष्ट्रियस्तरको दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगिताको उपाधी काठमाडौं ११ ले उचालेको छ ।

काठमाडौं ११ ले सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै उपाधी चुमेको हो । उल्लेख्य दर्शकहरुको सहभागिताबिच सञ्चालित फाइनल खेलको पहिलो हाफमै काठमाडौंका विकास तामाङले एकमात्र विजयी गोल गर्नुभएको थियो । भरतपुरले दर्जनौ सुन्दर अवसरहरु सिर्जना गरेपनि गोलमा परिणत गर्न नसक्दा उपविजेतामै चित्त बुझाउनु परेको हो ।

प्रतियोगितको बेस्ट गोलकिपर काठमाडौंका आकाश रानाभाट, बेस्ट डिफेन्स माडी ११का संजय रामदाम, बेस्ट मिडफिल्डर भरतपुरका यदु सिलवाल, बेस्ट फरवार्ड भरतपुरकै सुरेश कुमाल, नवप्रतिभाशाली खेलाडी माडीका बिज्ञान खड्का, सर्बाधिक गोलकर्ता माडीकै रितेश क्षेत्री र सबोत्कृष्ट खेलाडी काठमाडौंका गौरव श्रेष्ठ घोषित हुनुभयो । त्यसैगरी काठमाडौंका प्रशिक्षक आशिक थापालाई सर्बोत्कृष्ट प्रशिक्षक र फेयर प्ले टिमका रुपमा माडी ११ लाई पुरस्कृत गरिएको थियो ।

फाइनलमा जितसंगै काठमाडौंले नगद २ लाख तथा प्रतियोगिताको उपविजेता बनेको भरतपुरले नगद १ लाखसंगै दुबै टोलीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी एवं उत्कृष्ट स्थान हासिल गरेका खेलाडीहरुलाई माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

SwadeshPost