माडी क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको ६ बर्ष पुरा

250
SwadeshPost

माडी क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको ६ बर्ष पुरा भएको छ ।

माडीमा २०७१ माघ ५ गते बिहान ९:५७ बजे पहिलोपटक केन्द्रीय प्रशारणको बिजुली पुगेकोमा लगत्तै फल्ट भई २०७१ माघ ९ गते साँझदेखि सबस्टेशन चार्ज भएको हो । यद्यपि उपभोक्ताहरुको घरमा भने यसको तीन बर्षपछि मात्रै बिजुली बल्न सुरु भएको थियो । यसबिचमा चितवन राष्ट्रिय निकुञ्ज खण्डमा पटक पटक फल्ट आउने र अन्य प्राविधिक समस्याहरुका कारण माडीको बिजुली इतिहास उल्लेख्य सुखद भने हुन सकेन ।

६ बर्षको अवधीपश्चात हाल माडीभर अधिकांश स्थानहरुमा बिजुली बिस्तार भइसकेको छ । हाल मानव बस्ती रहेका क्षेत्रहरुमध्ये माडी २ को आँपे खाल्डो र समी खाल्डो क्षेत्र, माडी ३ को सिमरा र पौहारी तथा माडी ९ को प्याउली र बाँदरझुलामा बिजुली बिस्तार हुन बाँकी रहेको छ । बिजुली पुगिसकेको क्षेत्रमा करीब ८० प्रतिशत घरधुरीले बिजुली बाल्न पाइरहेको नेपाल विद्युत प्राधिकरणको माडी सेवा केन्द्र प्रमुख नवराज घिमिरेले जानकारी दिनुभयो ।

SwadeshPost