सामुदायिक रेडियो बाल्मीकिमा कार्यरत पत्रकारहरुलाई व्यवस्थापन पक्षद्वारा दुर्व्यवहार

329
SwadeshPost

१३ माघ, चितवन । माडीको बसन्तपुरस्थित सामुदायिक रेडियो बाल्मीकिमा कार्यरत पत्रकारहरुलाई व्यवस्थापन पक्षले दुर्व्यवहार गर्दै कामबाट निकालेको छ । रेडियोमा प्राविधिक तथा कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत महेश भण्डारी र तथा प्राविधिक सुजन सुवेदीलाई रेडियोका अध्यक्ष शिवमाया भट्टराई र उहाँकी छोरी रीता भट्टराईले दुर्व्यवहार गरी कामबाट निकाला गरेको पीडित पत्रकारहरुले जनाएका छन् । रेडियोमा लामो समयसम्म काम गरेका पत्रकारद्वयले काम गरेको अवधीको तलब माग गर्दा नदिई उल्टै अपशव्द बोल्दै निष्काशन गरेको पीडित पत्रकारद्वयद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

रेडियोबाट दुर्व्यवहार भोग्दै निष्काशनमा परेका पत्रकारद्वयले नेपाल पत्रकार महासंघ, चितवन शाखामा उजुरी गरेको जनाएका छन् । रेडियोले यसअघि पनि काम गरेका कर्मचारीहरुलाई तलब नदिई सेवामुक्त गर्ने गरेको उनीद्वयले बताएका छन् । घटनाको छानबिन गरी काम गरेको अवधीको तलब सुबिधा पाउने तथा दोषीउपर कानुनी कारवाही हुनुपर्ने वातावरण बनाइदिन उनीद्वयको अनुरोध छ 

SwadeshPost