आउँदो फागुन १२ गतेदेखि ‘राष्ट्रियस्तरको माडी क्रिकेट कप २०७७’ सञ्चालन हुने

179
SwadeshPost

१३ माघ, चितवन । माडीको बसन्तपुरस्थित बसन्तपुर युथ क्लबको आयोजनामा आउँदो फागुन १२ गतेदेखि ‘राष्ट्रियस्तरको माडी क्रिकेट कप २०७७’ सञ्चालन हुने भएको छ ।देशभरका १६ वटा क्रिकेट क्लबहरुको सहभागिता रहनेगरी माडी बसन्तपुरस्थित चौरमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष पदम विलाश पन्तले जानकारी दिनुभयो ।

क्लबको आयोजना र माडी नगरपालिकाको मुख्य प्रवर्धनमा सो खेल उत्सव सञ्चालन गरिने भन्दै अध्यक्ष पन्तले विधागत पुरस्कारहरुसंगै खेलको प्रथम र दोश्रो पुरस्कार क्रमशः रु १ लाख र ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने पनि जनाउनुभयो ।

SwadeshPost