ज्ञानज्योति युवा क्लबको अध्यक्षमा सुमन न्यौपाने चयन

250
SwadeshPost

१६माघ, चितवन । माडी-२ भैरवपुरस्थित ज्ञानज्योति युवा क्लबको अध्यक्षमा सुमन न्यौपाने चयन हुनुभएको छ ।क्लबको २१औं साधारणसभा तथा सातौं अधिवेशनबाट न्यौपाने अध्यक्ष चुनिनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा गंगा ढकाल, सचिवमा शिव सुवेदी, सह-सचिवमा लक्ष्मी भुजेल र कोषाध्यक्षमा मोहनराज पोख्रेल चयन हुनुभएको छ । त्यस्तै, कार्यसमिति सदस्यहरुमा डिल्लीराम कँडेल, सन्तोष तिमिल्सिना, बिष्णु सारु मगर, बिरेश बराली, रोहित गुरुङ र रोशन श्रेष्ठ चयन हुनुभएको छ ।

क्लबका पूर्व अध्यक्ष सुर्य प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशन कार्यक्रममा प्रमुख अतिथिका रुपमा माडी-२ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकालको सहभागिता रहेको थियो ।

SwadeshPost