ओली पक्षीय नेकपा चितवनको आयोजनामा भरतपुरमा विशाल सभा सञ्चालन

646
SwadeshPost

१७ माघ, चितवन । प्रधानमन्त्री के.पी. ओली पक्षीय नेकपा चितवनको आयोजनामा चितवनको भरतपुरमा विशाल सभा सञ्चालन भएको छ । सभामा बोल्दै सो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री के.पी. शर्मा ओलीले वर्तमान सरकार विकास र समृद्धि को अभियानमा अगाडि बढिरहेको हुनाले कसैले अवरोध गरेर नरोकिने बताउनुभएको छ ।

चितवनलाई विहत्तर गुरुयोजना अनुसार अगाडि बढिरहेको बताउँदै सारा देश विकास समृद्धिको बाटोमा अगाडि जाने बताउनुभयो । प्रधानमन्त्रीले भरतपुरमा सिटीहल र ६ लेनको सडकसमेतको सिलान्यास समेत गर्नुभएको थियो । देश निर्वाचनमा गएको र समयमै निर्वाचन सम्पन्न हुने जनाउँदै उहाँले विरोधीहरु जति नै बिरोधमा उत्रिए पनि जनताबाट तिरस्कृत हुने जनाउनुभयो ।

जनसभालाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले अवसरवादीहरुको बहकाउमा नलागि सम्माननीय प्रधानमन्त्रीको अभियानमा अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो । सभामा मन्तव्य दिँदै भौतिक योजना तथा निर्माण मन्त्री नरेन्द्रकुमार नेम्वाङले वर्तमान सरकारले विकासका कार्यक्रमहरु अगाडि बढाइरहेको बताउनुभयो भने नेकपा प्रदेश २ का अध्यक्ष प्रभु शाहले प्रधानमन्त्रीको विकास र समृद्धिको बाटोमा अगाडि बढ्न सबैलाइ आग्रह गर्दै कसैको बहकाउमा नलागि निर्वाचन सम्पन्न गर्नु सबैको दायित्व रहेको बताउनुभयो ।

SwadeshPost