प्रथम पटेर्वा सुगौली गोल्डकपमा बसन्तपुर युनाइटेड क्लब माडीको बिजयी सुरुवात

502
SwadeshPost

१७ माघ, चितवन । प्रथम पटेर्वा सुगौली गोल्डकप फुटबल प्रतियोगिता-२०७७ मा माडीको बसन्तपुर युनाइटेड क्लबले बिजयी सुरुवात गरेको छ ।

शनिवार भएको उद्घाटन खेलमा बसन्तपुर युनाइटेड क्लब, चितवन र नेपाल फुटबल क्लब रौतहट भिँडेकोमा निर्धारित अवधीमा २/२ गोलको बराबरी भएपश्चात खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा टीम बसन्तपुर चितवन १ गोलको अग्रताले बिजयी भएको हो । सो खेलमा बसन्तपुरका रन्जित अर्याल म्यान अफ द म्याच घोषित हुनुभयो । प्रतियोगिता अन्तरगत भोलि आइतबार दिउँसो ३ बजे बारा जिल्ला फुटबल संघ बारा र बिरगंज युनाइटेड पर्साबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

समता समाज नेपालको आयोजना तथा पटेर्वा सुगौली गाउँपालिकाको आर्थिक सहयोगमा शनिवार उद्घाटन भएको गोल्डकप आउँदो माघ २८ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेता टीमले नगद रु. २ लाख सहित ट्रफी र उपबिजेता टीमले नगद रु. १ लाख सहित ट्रफी प्राप्त गर्नेछन् ।

SwadeshPost