रोकिएको माडीका पुलहरुको निर्माण कार्य ढिलागरी सुचारु

286
SwadeshPost

२१ माघ, चितवन । दुई साताअघि रोकिएको माडीका पुलहरुको निर्माण कार्य ढिलागरी सुचारु भएको छ ।पुल निर्माणमा हाल चितवन राष्ट्रिय निकुञ्ज वा अन्य पक्षहरुबाट कुनै अवरोध छैन । तर निर्माणस्थल छोडेर फर्किएका मजदुर र प्राविधिकहरु फर्किन ढिला भएसंगै ठेकदार पक्षले ढिलागरी काम सुचारु गरेको हो ।

यसअघि, प्रारम्भीक वातावरणीय परीक्षण कार्य बाँकी रहेको र ठेकदार पक्षले राजस्व नबुझाएको भन्दै निकुञ्जले गत माघ ९ गते पुलहरुको निर्माण कार्य रोक्न लगाएको थियो । त्यसलगत्तै निकुञ्ज, हुलाकी सडक परियोजना, माडी नगरपालिका र जिल्ला प्रशासन कार्यालयबिच सहमती भई काम सुचारु गर्ने वातावरण बनेको थियो ।

SwadeshPost