बघौंडा अस्पताललाइ बागमती प्रदेशकै सर्बोत्कृष्ट अस्पतालको सम्मान प्राप्त

205
SwadeshPost

२१ माघ, चितवन । स्थानीय तहका अस्पतालहरुमध्ये माडीको बघौंडा अस्पतालले बागमती प्रदेशकै सर्बोत्कृष्ट अस्पतालको सम्मान प्राप्त गरेको छ ।वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले माडीको बसन्तपुरस्थित बघौंडा अस्पताललाई प्रदेशकै सर्बोत्कृष्ट स्थानीय तहको अस्पतालका रुपमा पुरस्कृत गरेको हो । आधारभूत सेवाको गुणस्तरका सुचकहरुको मुल्यांकनका आधारमा ५७ प्वाइन्ट हासिल गरेको बघौंडा अस्पतालले सो सम्मान प्राप्त गरेको अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. रञ्जु सिंहले बताउनुभयो ।

यसैबिच, माडी नगरपालिकाले बघौंडा अस्पतालको भवन निर्माणका लागि रकमान्तर गरी १ करोड ५० लाख रुपैंया बजेट विनियोजन समेत गरेको छ । सो रकममा अस्पताल विकास समितिले ५० लाख रुपैंया दायित्व बहन गर्नेगरी २ करोड रुपैंया बजेटमा तत्कालै अस्पतालको भवन निर्माणको बोलपत्र आह्वान गर्न लागिएको अस्पताल प्रशासनले जनाएको हो ।

SwadeshPost