डि.एस.पी. सुर्य बहादुर थापाले माडीका प्रहरी शाखा कार्यालयहरूको निरीक्षण

710
SwadeshPost

२१ माघ, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डि.एस.पी.) सुर्य बहादुर थापाले माडीका प्रहरी शाखा कार्यालयहरूको निरीक्षण गर्नु भएको छ ।शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रहरी कार्यलाई चुस्त दुरुस्त राख्न निरीक्षण तथा निर्देशन महत्वपूर्ण हुने भएकाले माडी भरका शाखा कार्यालयहरुमा निरीक्षण गरिएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्माले जानकारी दिनुभयो ।

निरीक्षण पश्चातको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै डि.एस.पी. थापाले अनुशासन, चुस्तता, अप्रेशन गतिविधिमा सक्रिय रही शान्ति सुरक्षामा ध्यान दिनुपर्ने भन्दै कर्मचारीहरुलाई विभागीय निर्देशन दिनुभयो । डि.एस.पी. थापाको आतिथ्यमा भएको कार्यक्रममा माडीका प्रमुख प्रहरी झलक शर्मा पौडेलसंगै प्रहरी र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

SwadeshPost