नेकपा ओली समूहकाे काठमाडौंमा शक्ति प्रदर्शन

343
SwadeshPost

२३ माघ, चितवन । नेकपा ओली समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।काठमाडौंका विभिन्न स्थानहरूबाट सुरुवात भएको प्रदर्दन नारायणहिटी दरबार संग्रहालय अगाडी सभामा परिणत भएको थियो । सो सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले इतिहासकै ठूलो सभा भएको जिकीर गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै ओलीले सभामा आउन नदिन प्रचण्ड-माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजेको, बाटामा खाल्डो खनेको र विप्लवको नाम लेखेर बम राखेको आरोप समेत लगाउनुभयो । सभास्थलको दायाँ सञ्चयकोष, बाँया जयनेपाल हल र अगाडि घण्टाघरसम्म पनि मानिसहरु नअटाएको उहाँको दाबी थियो ।

SwadeshPost