देश विकासको गतिमा तीब्ररुपमा अगाडि बढिरहेको : प्रधानमन्त्री केपी शर्मा ओली

298
SwadeshPost

२३ माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको गतिमा तीब्ररुपमा अगाडि बढिरहेको बताउनुभएको छ ।नेकपा ओली समूहले शुक्रबार काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि सम्पन्न गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले नेपालमा सडक, रेलमार्ग, पुल आदि संरचनाहरु निर्माण तीब्र पारिएको बताउनुभयो ।

उहाँले थानकोटबाट नौबिसे सुरुङमार्ग खन्ने काम सुरु भइसकेको, ३ वर्षमा करिब ६ हजार किलोमिटर सडक कालोपत्रे गरिएको, ४ सय भन्दा बढी पुल र झोलुंगे पुल निर्माण गरेको तथा खोला र नदीका तुइनहरु विस्थापित गराएको दावी गर्नुभयो ।

त्यसैगरी उहाँले विभिन्न जलविद्युत आयोजनाहरुको निर्माण सकेको, तराईमा हुने डुबान भारतसंग कुरा गरेर हटाएको, हुलाकी राजमार्ग निर्माणको काम लगभग सकिएको, केही दिनभित्रै नेपालमा रेल चल्न लागेको र सडकमा सडक बालबालिका नरहेको पनि जिकीर गर्नुभयो ।

SwadeshPost