नेकपा फुट्नुलाई ‘दुई चार जना मानिसहरु बाहिरिएको’ प्रधानमन्त्री ओलीको टिप्पणी

173
SwadeshPost

चितवन । प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेकपा पार्टी फुट्नुलाई ‘दुई चार जना मानिसहरु बाहिरिएको’ टिप्पणी गर्नुभएको छ ।

शुक्रबार नेकपाको ओली पक्षले राजधानीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्षसमेत रहनुभएका ओलीले ‘दुईचारजना मानिस पार्टीमा रहुन्जेलसम्म आयोगहरुलाई पूर्णता दिनबाट रोक्ने काम भएको’ जिकिर गर्नुभएको हो ।

‘दुईचारजना मानिस बाहिरिएपछि संवैधानिक आयोगहरुले पूर्णता पाएको र आयोग बनेकोमा उनीहरुलाई पीर परिरहेको’ ओलीको अभिव्यक्ति थियो । प्रचण्डले शाकाहारी आन्दोलनले हुँदैन भनेको प्रति इङ्गित गर्दै उहाँले ‘नरभक्षी आन्दोलन गर्न खोजेको’ आरोप पनि लगाउनुभयो । यसैबिच, सभामा ३ लाख मान्छे उतार्ने भनिएपनि त्यसो नदेखिएको भन्दै नेकपाको प्रचण्ड नेपाल पक्षले सामाजिक सञ्जालमा पोस्ट गरिरहोका छन् ।

SwadeshPost