माडी नगर महिला समितिद्वारा संचालित कानुनी प्रशिक्षण कार्यक्रम सम्पन्न

346
SwadeshPost

२४ माघ, चितवन । माडी नगर महिला समितिद्वारा संचालित ३ दिने कानुनी प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ। महिलाहरुको हक अधिकारको सुनिश्चित गर्न न्यायका लागि जागरुक हुन सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजक पक्षले जनाएको छ। कार्यपालिका सदस्य तथा नगर महिला समिति संयोजक कोपिला सिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नगर उपप्रमुख तारा कुमारी काजी महतो रहनु भएको थियो।

अधिवक्ता कृष्ण प्रसाद पन्तले दिनुभएको प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधि, सहकारीका पदाधिकारीहरु, लगायत बुद्धिजीवी अगुवा महिलाहरुको उपस्थिति रहेको थियो।

SwadeshPost