कीर्तनपुर युवा क्लबको अध्यक्षमा विकास घिमिरे चयन

563
SwadeshPost

२४ माघ, चितवन । माडीको कीर्तनपुर युवा क्लबको अध्यक्षमा विकास घिमिरे चयन हुनुभएको छ ।क्लबको प्रथम साधारण-सभा तथा अधिवेशनबाट घिमिरेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो । क्लब कार्यसमितिको उपाध्यक्षमा हरिश्चन्द्र कार्की, सचिवमा विकास ओझा, सहसचिवमा अस्मिता अधिकारी र कोषाध्यक्षमा अजिता बुढाथोकी चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा सरिता अधिकारी, हेमन्त श्रेष्ठ, रवीन्द्र अधिकारी र आकाश परियार चुनिनुभएको छ ।

क्लबले ३ वटा विधामा छुटाछुट्टै उपसमितिहरु समेत गठन गरेको छ । विकास लामिछानेको संयोजकत्वमा शिक्षा तथा स्वास्थ्य उपसमिति गठन भएको छ जसको सदस्यहरुमा सूर्यकिरण आचार्य र अनिल सुवेदी रहनुभएको छ । त्यस्तै खेलकूद तथा सरसफाई उपसमिति संयोजकमा हेमन्त श्रेष्ठ र सदस्यहरुमा विपिन पन्त तथा नारायण न्यौपाने रहनुभएको छ । तेश्रो, कृषि तथा तालिम उपसमितिको संयोजकमा विशाल अधिकारी र सदस्यहरुमा राजेन्द्र ओझा र राजन पौडेल चयन हुनुभएको क्लबले जनाएको छ ।

SwadeshPost