मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगितामा 6 समुह बिजयी

329
SwadeshPost

२४ माघ, चितवन । जनकल्याण माध्यमिक विद्यालय, कल्याणपुरद्वारा आयोजित मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगितामा पुरुषतर्फ दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा र महिलातर्फ आधारभूत विद्यालय गणेशकुञ्ज प्रथम भएका छन् ।पुरुष शिक्षकतर्फ माडी मा.वि.ले दोश्रो र शिशुकल्याण आ.वि.को संयुक्त टोलीले तेश्रो स्थान हासिल गरेका छन् भने महिला शिक्षकतर्फ कृष्णनगर मा.वि. दोश्रो र सोमेश्वर मा.वि. तेश्रो हुन सफल भएका छन् ।

उत्कृष्ट खेलाडीहरुमा महिलातर्फ गणेश आ.वि.का डेमा शर्मा उत्कृष्ट स्पाइकर, कृष्णनगर मा.वि.का प्रतिमा न्यौपाने उत्कृष्ट डिफेन्स र सोमेश्वर मा.वि.का इन्दिरा तिवारी उत्कृष्ट सेटर घोषित हुनुभयो । पुरुषतर्फ भने दिवाकर स्मृति विद्यालयका युवराज सुवेदी उत्कृष्ट स्पाइकर, माडी मा.वि.का वीर बहादुर अधिकारी उत्कृष्ट सेटर र शिशुकल्याण आ.वि. संयुक्त टोलीका नविन रेग्मी उत्कृष्ट डिफेन्स घोषित हुनुभयो ।

माडी क्षेत्रका शिक्षकहरू बिचको सद्भाव बढाउने उद्देश्यले आयोजित सो प्रतियोगितामा पुरुष शिक्षकहरुको १६ र महिला शिक्षकहरुको १३ वटा टोलीहरुले प्रतिस्पर्धा गरेका थिए ।

SwadeshPost