माडीका बिषयमा प्रधानमन्त्री के.पी. ओलीसंग भेटसम्वाद

249
SwadeshPost

२४ माघ, चितवन । माडीको एक प्रतिनिधी मण्डलले चितवन राष्ट्रिय निकुञ्ज, बाँदरझुला बस्ती व्यवस्थापन र अयोध्याधामको बिषयमा प्रधानमन्त्री के.पी. ओलीसंग भेटसम्वाद गरेको छ ।

माडी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदी र कार्यपालिका सदस्य जगराम प्रजासंगै ओली पक्षीय नेकपा नेता श्याम बिष्ट, अ.ने.म. संघका केन्द्रीय सदस्य सरस्वती बिष्ट, माडी ७ स्तरीय रामधाम समितिका अध्यक्ष धर्म खनाल र बाँदरझुलाबासीहरु आशिष गोपाल परियार, रुपेन प्रजा र विनोद श्रेष्ठ सम्मिलित टोलीले सो भेटसम्वाद गरेको हो । टोलीमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार सीता पौडेल र राष्ट्रियसभा सदस्य तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी (पार्वती) रावलको समेत सहभागिता रहेको थियो ।

टोलीले प्रधानमन्त्री के.पी. ओली, वनमन्धी प्रेम आले र भूमि व्यवस्था समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीसंग छुट्टाछुट्टै भेटसम्वाद गरेको हो । भेटमा चितवन राष्ट्रिय निकुञ्जका कारण सिर्जित समस्या र त्यसको समाधानका उपाय, २०२९ सालको निकुञ्ज ऐनको जनपक्षीय शंसोधन, बाँदरझुला बस्तीको व्यवस्थापन, रीउ करिडोर निर्माण र रामधामको बिषयमा उपलब्धी सहितको छलफल गरिएको जनाइएको छ ।

SwadeshPost