निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ संशोधनको प्रक्रिया चलिरहेको छ । : प्रधानमन्त्री के.पी. ओली

158
SwadeshPost

२५ माघ, चितवन । प्रधानमन्त्री के.पी. ओलीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ संशोधनको प्रक्रिया चलिरहेको बताउनुभएको छ ।माडीको एक प्रतिनिधीमण्डलसंगको भेटमा प्रधानमन्त्री ओलीले ऐन शंसोधनको काम जारी नै रहेको बताउनुभएको हो । त्यसैगरी उहाँले मानव र बन्यजन्तुबिचको द्वन्द न्यूनिकरण र रीउ नदी नियन्त्रणको महत्वकांक्षी परियोजना रीउ करिडोर निर्माणमा पनि आफ्नो ध्यान रहेको बताउनुभएको छ । त्यस्तै, वागमती प्रदेशलाई चीन र भारतसंग जोड्न ठोरी नाकाको रुपमा विकास गर्नु पनि आफ्नो मनसाय रहेको उहाँको भनाई थियो ।प्रतिनिधीमण्डलसंगको भेटमा वनमन्त्री प्रेम आलेले भौतिक पूर्वाधार मन्त्रालयसंग समन्वय गरी निकुञ्जभित्रको बाटो लगायतको समस्याहरु हल गर्ने बताउनुभएको छ ।

कामको चापका कारण आफूले ऐन संशोधनको कार्य बिर्सन सक्ने भएकाले पटक पटक घचघच्याइरहन पनि उहाँको आग्रह थियो । त्यसैगरी भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले बाँदरझुलाको स्थलगत भ्रमण गरी त्यहाँको सुकुम्बासी समस्या सामाधानको पहल गर्ने बताउनुभएको प्रतिनिधीमण्डलका एक सदस्य ओलीपक्षीय नेकपाका नेता श्याम बिष्टले जानकारी दिनुभयो ।

SwadeshPost