प्रारम्भिक बालशिक्षा शिक्षकहरुको क्षमता विकासका लागि तालिम सुरु

437
SwadeshPost

२५ माघ, चितवन । माडी नगरक्षेत्रमा कार्यरत प्रारम्भिक बालशिक्षा शिक्षकहरुको क्षमता विकासका लागि पाँचदिने तालिम सुरु भएको छ ।माडी नगरपालिका युवा, खेलकुद तथा शिक्षा शाखाको आयोजनामा वालविकास केन्द्रका शिक्षकहरुलाई तालिम सञ्चालन भएको हो ।

तालिममा बालबालिकाको सर्वाङ्गीण विकास तथा प्रभावकारी शिक्षण कार्यकलापका निम्ति गुणस्तरीय र बालमैत्री शिक्षण विधी सिकाई गरिने नगर उपप्रमुख तारा कुमारी काजी महतोले जानकारी दिनुभयो ।सेतो गुराँस बालविकास केन्द्रका संगीत कार्की र समुन्नत नेपाल सम्बद्ध युवराज लौडारीले सहभागीजनलाई तालिम सहजिकरण गरिरहनुभएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्पराज ढकालको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा नगर उपप्रमुख महतोको प्रमुख आतिथ्य रहेको थियो ।

SwadeshPost