ईलाका प्रहरी कार्यालय माडीकाे सरसफाइ कार्यक्रम सम्पन्न

181
SwadeshPost

२६ माघ, चितवन । ईलाका प्रहरी कार्यालय माडीले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत माडी ९ मा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।सोमबार माडी नगरपालिका वडा ९ स्थित गणेशकुञ्जका सडक तथा सार्वजनिक प्रतिक्षालयहरुमा सरसफाइ गरिएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्माले जानकारी दिनुभयो।

सोमेश्वर प्रहरी चौकिका सहायक निरीक्षक मनोज कुमार महतोको कमाण्डमा बिहान ११ बजे देखि सुरु भएको कार्यक्रममा वडा अध्यक्ष शिव हरी सुवेदी, प्रतिनिधिहरु, स्थानिय व्यक्तित्वहरु लगायत प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो। ईलाका प्रहरी कार्यालय माडीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडामा विभिन्न जनचेतनामूलक कार्यहरू गरिरहेको छ।

SwadeshPost