

२७ माघ, चितवन । माडी नगरपालिका – १ भंगतामा ४० हजार लिटर क्षमताको खाने पानी ट्यांकीकाे निर्माण कार्य सुचारु गरिएको छ।वडा १ को कार्यालय, वाइन टु वाटर, खानेपानी उपभोक्ता समितिको ६५ लाखको संयुक्त लगानीमा ट्यांकी निर्माण कार्य शुरु गरिएको वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। भंगता गाउँमा बसोबास गर्ने १०० घर लाभान्वित हुने गरी १०० घर १०० धारा अवधारण अनुरुप आगामी वर्षको जेष्ठ महिना सम्म पानी बितरण गरिने पौडेलले बताउनुभयो।

पौडेलले सोमबार शुभारम्भ गर्दै वडामा खानेपानी, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य,रोजगारको योजनामा जनताको आवश्यकता र चाहनाअनुसार अगाडि बढिरहेको बताउनु भयो।

