जिल्ला स्तरीय नक आउट टि – २० क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा बसन्तपुर युथ क्लब विजयी

613
SwadeshPost

२७ माघ, चितवन । माडी ४ मा मंगलबार देखि सुरु भएको जिल्ला स्तरीय नक आउट टि – २० क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा बसन्तपुर युथ क्लब विजयी भएको छ।उदघाटन खेलमा बसन्तपुर युथ क्लबले देवेन्द्रपुर क्रिकेट क्लबलाई ५ विकेटले पराजीत गरेको हो। खेलमा टस जितेर ब्याटिङ रोजेको देवेन्द्रपुर १६ ओभरमा ९२ रन जोडी अल आउट भएको थियो ।

९३ रनको लक्ष्य पछयाईरहेको बसन्तपुरले १५ ओभरमा ४ विकेट गुमाएर खेलमा विजयी प्राप्त गरेको हो। जसमा वसन्तपुरका सुजन लामिछानेले ५ रन दिई ३ विकेट लिएर म्यान् अफ दि म्याच घोषित भएका थिए।माडी ४ खेलकूद समितिको आयोजनमा भएको प्रतियोगितामा माडी भरका ९ वटा क्रिकेट क्लबहरुको सहभागिता रहेको छ।

प्रतियोगिता सञ्चालन पुर्व संक्षिप्त भएकाे उदघाटन समारोहकाे नगरप्रमुख ठाकुर प्रसाद ढकालले उदघाटन गर्नुभएको थियो । समितिका अध्यक्ष प्रकाश क्षेत्रीको अध्यक्षतामा साे सभा सम्पन भएको हो ।भोलिको खेलमा सोमेश्वर युवा क्लब राधापुर र माडी ४ बि विच प्रतिस्पर्धा हुनेछ। खेलमा बिजेता समूहले ३०,००० र उपविजेताले १५,००० साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। खेल फाल्गुन १ गते सम्म जारी रहने छ ।

SwadeshPost