गर्दी माहिला साना किसान कृषि सहकारी संस्थाद्वारा पशु व्यवस्थापन तथा उपचार तालिम सम्पन्न

622
SwadeshPost

२७ माघ, चितवन । गर्दी माहिला साना किसान कृषि सहकारी संस्थाद्वारा आयोजित २ दिने पशु व्यवस्थापन तथा उपचार तालिम सम्पन्न भएको छ।माडी १ गर्दी सामुदायिक पुस्तकालयमा भएको कार्यक्रममा पशु व्यवसायमा लागेका कृषकहरूलाई पशु सेवा सम्बन्धी ज्ञान,शिप, क्षमता अभिवृद्धि तथा खोर, गोठ ब्यबस्थापन र सामान्य उपचार सम्बन्धी तालिम प्रदान गरिएको संस्थाका प्रबन्धक लक्ष्मी कँडेल पाठकले जानकारी दिनुभयो ।

सोमबारबाट संचालित कार्यक्रममा माडी नगरपालिका पशु बिकास अधिकृत डा. रविन बस्ताकोटीले तालिम प्रदान गर्नुभएको थियो भने सस्थाका शेयर सदस्य लगायत कृषि तथा ब्यावसायीहरूकाे उपस्थिति रहेकाे थियाे ।

SwadeshPost