राष्ट्रिय बाणिज्य बैंकको माडी शाखा उद्घाटनको मिति पटक पटक सर्दै अनिश्चित

289
SwadeshPost

२७ माघ, चितवन । माडीको बरुवा बजारमा स्थापना हुने राष्ट्रिय बाणिज्य बैंकको शाखा उद्घाटनको मिति पटक पटक सर्दै अनिश्चित भएको छ ।

यसअघि पहिले मंसिर र त्यसपछि माघ महिनाभित्रै शाखाको सेवा उद्घाटन हुने भनिएपनि माघ सकिन लाग्दा समेत शाखा सञ्चालन हुन नसक्ने देखिएको हो । माडीको बरुवास्थित सञ्जु महल नामको भवनमा शाखा सञ्चालनका लागि करीब ४३ लाख खर्च गरी कार्यालय तयार भएको महिनौं बितिसक्दा पनि शाखा उद्घाटनमा आउन नसकेको हो ।

हालसम्म माडी शाखाका लागि एकजना कर्मचारी नियुक्त भएकोमा उनी नारायणगढस्थित शाखामा काम गरिरहेका छन् । माडी शाखाको सेवा सञ्चालनको मिति निश्चित हुनासाथ थप कर्मचारीहरुको व्यवस्था गरिने बैंकका उप कार्यकारी निर्देशक सोनी श्रेष्ठले जानकारी दिनुभयो । तर बैंकको शाखा कहिले खुल्छ भनी आफूसंग निश्चित जवाफ नरहेको श्रेष्ठ बताउनुहुन्छ ।

बैंकले घरभाडा वापत मासिक रुपमा ठूलो रकम भुक्तान गर्दै आएको छ । तर सेवा सञ्चालन थालनी गर्न अलमल गर्दा माडीका सरकारी कार्यालयहरुसंगै बैंकका सेवाग्राहीहरु मर्कामा परिरहोका छन् । तात्कालीन जनयुद्ध कालमा बिस्थापित भएको सो शाखा पुनर्स्थापनाका लागि स्थानीय जनप्रतिनिधीहरुले लामो संघर्ष र दौडधूप गरेका थिए । शाखाको सेवा सुरुवातका लागि थप दौडधूप खाँचो परेको महसुस गरिएको छ ।

SwadeshPost