चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङको सरुवा

437
SwadeshPost

२८ माघ, चितवन । देशको राजनैतिक अवस्था अस्थिर हुँदैगर्दा चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङको सरुवा भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एस.पी. गुरुङको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा सरुवा भएको हो । उहाँको स्थानमा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, चितवनमा कार्यरत ओमप्रसाद अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

अधिकांश प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यकामा कार्यरत प्रहरी अधिकारीहरुको सरुवा हुँदा चितवनसहित अछाम र ताप्लेजुङका जिल्ला प्रहरी प्रमुखहरूको सरुवा भएको हो । नेपाल प्रहरी मातहतका विभिन्न निकायमा कार्यरत ७ एस.पी.को सरुवा र भर्खरै डि.एस.पी.बाट एस.पी.मा बढुवा भएका १६ एस.पी.को विभिन्न निकायमा पदस्थापन भएको हो ।

SwadeshPost