प्रचण्ड माधव नेतृत्वको जनसभामा माडी बाट २१ वटा बसमा पार्टी समर्थक र कार्यकर्ताहरु काठमाडौं पुगेका छन् ।

395
SwadeshPost

२८ माघ, चितवन । प्रचण्ड माधव नेतृत्वको नेकपाले काठमाडौंमा गर्न लागेको शक्ति प्रदर्शन सहितको जनसभामा सहभागिताका लागि माडी क्षेत्रबाट २१ वटा बसमा पार्टी समर्थक र कार्यकर्ताहरु काठमाडौं पुगेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको बनकट्टा पोष्टले उपलब्ध गराएको सवारी रेकर्ड अनुसार माडीबाट २१ वटा बसहरुमा करीब ८४० जना नेता कार्यकर्ता र पार्टी समर्थकहरु काठमाडौं पुगेका हुन् । सो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र समेत रहेको चितवनको माडी क्षेत्रबाट काठमाडौं पुगेकाहरुले छुट्टै ब्यानरमा जुलुसमा सहभागी हुने योजना बनाएको पार्टीका माडी नगर अध्यक्ष प्रभु प्रसाद महतोले जानकारी दिनुभयो ।

माडीबाहेक ठोरी क्षेत्रबाट समेत ३ वटा बसहरुमा पार्टी समर्थक र कार्यकर्ताहरु माडीको बाटो हुँदै काठमाडौं पुगेको पोष्टको रेकर्ड छ । काठमाडौंका विभिन्न स्थानहरूबाट र्याली प्रदर्शन गरी जनसभामा परिणत हुने र जनसभालाई अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल लगायतका बरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभामा सहभागिताका लागि देशैभरबाट हजारौंको संख्यामा पार्टी कार्यकर्ता र समर्थकहरु काठमाडौं प्रस्थान गरेका छन् ।

SwadeshPost