प्रधानमन्त्रीलाई ‘तपाईं कम्युनिस्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको’ भनी प्रश्न : प्रचण्ड-माधव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

181
SwadeshPost

२८ माघ, चितवन । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईं कम्युनिस्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको’ भनी प्रश्न गर्नुभएको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा आवद्ध सञ्चारकर्मीसँगको छलफलका क्रममा प्रचण्डले अयोध्याधामको प्रसंग कोट्याउँदै ‘कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको अध्यक्ष हो’ भन्ने प्रश्न ओली आफैंले उठाएको बताउनुभयो । माडी अयोध्यापुरीको पुरातात्विक अन्वेषण गने र राम नेपालको अध्योध्यामा जन्मिएको प्रमाणित गर्न सिन्को भाँच्नु भएको छैन भन्दै प्रचण्डले ओलीको काम ‘स्टन्ट’ मात्र रहेको समेत जिकीर गर्नुभयो ।

हालै चितवनमा आई प्रधानमन्त्री ओलीले आफूलाई अध्योध्याबारे किन नबोलेको भनेर प्रश्न गरेको स्मरण गर्दै प्रचण्डले आफूहरूले राज्य धर्म निरपेक्ष हुनुपर्छ भनेको तर जनताको धार्मिक आस्थाको सम्मान गर्ने बताउनुभयो । यता, प्रधानमन्त्री ओलीले भने आफ्नै नीजि खर्चमा राम र सीताको मुर्ती निर्माण गराउनुभएको छ भने आउँदो रामनवमीमा मुर्तीहरूको प्राणप्रतिष्ठा एवं रामधाम निर्माणको शिलान्यास गर्ने उद्घोष गर्नुभएको छ ।

SwadeshPost