नक आउट टि – २० क्रिकेट प्रतियोगिताको दोश्रो खेलमा सोमेश्वर युवा क्लब विजयी

618
SwadeshPost

२८ माघ, चितवन । माडी ४ मा भएको जिल्लास्तरीय नक आउट टि – २० क्रिकेट प्रतियोगिताको दोश्रो खेलमा सोमेश्वर युवा क्लब विजयी भएको छ। टस जितेर ब्याटिङ रोजेको सोमेश्वर १३ ओभरमा ९२ रन जोडी अल आउट भएको थियो भने १८ रनले बिजयी भएको थियो । जवाफी ब्याटिङमा उत्रेको माडी ४ -बि ले १३ ओभरमा ७७ रनमा अल आउट भई हार बेहोरेको हो। खेलमा ४ विकेट लिएका सोमेश्वरका निर्मल भुषाल म्यान अफ दि म्याच घोषित भएका हुन् ।

माडी ४ खेलकूद समितीको आयोजनामा सुरु भएको प्रतियोगितामा माडी भरका ९ वटा क्रिकेट क्लबहरुको सहभागिता रहेको छ । भोलिको पहिलो खेल बसन्तपुर युथ क्लब ए र खरकट्टा बिच हुनेछ भने दोश्रो खेल कल्याणपुर क्रिकेट क्लब र डायनामिक युथ क्लब बिच प्रतिष्प्रधा हूने संयोजक सुजन ढकालले जानकारी दिनुभयो । प्रतियोगिता फाल्गुन १ गतेसम्म जारी रहने छ ।

SwadeshPost