भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थितको पहिचानको सहकार्य र छलफल

333
SwadeshPost

२९ माघ, चितवन । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचानको लागि माडी ८ मा स्थानिय संग सहकार्य र छलफल भएको छ ।भूमि सम्बन्धी समस्या समाधान आयोग र स्थानिय तह बिच भुमिहिन लाई व्यवस्थापन गर्ने सम्झौता भए पछि स्थानिय तहले त्यसका लागि प्रकिय सुरु गरेको हाे । दलित भूमिहीन र अव्यवस्थित सुकुम्बासीहरुको उचित व्यवस्थापनको कामलाई तीव्र गति दिने तयारी सहित काम अघि बढाइएको ८ का अध्यक्ष कृष्ण राज अधिकारीले जानकारी दिनुभयो ।

तथ्याङ्क सङ्कलन गर्ने र वास्तविक भूमिहीन भए नभएको पहिचानका लागि जीवनपुर, राईटोल, बोटे, कुमाल टोल लगायतका समुदायमा प्रमाण जुटाउन व्यापक छलफल गरिएको उहाँले बताउनुभयो ।

SwadeshPost