प्रचण्डले पत्र च्यातेर छोरी जिताएको चितवनका जनताले बिर्सेका छैनन : देवी ज्ञवाली

365
SwadeshPost

३०, माघ, चितवन । भुमि समस्या समाधान आयोगका अध्यक्ष तथा नेकपा ओली समूहका केन्द्रिय सदस्य देवी ज्ञवालीले प्रचण्डले पद र स्वार्थका लागि पार्टी फुटाउन देखि लिएर चितवनमा मत पत्र च्यातेर छोरी जिताएको जनताले नबिर्सेको बताउनु भएको छ ।नेकपा माडी कमिटीको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको ।

देश समृद्धि र विकासमा अगाडि बढिरहेको सरकार लोकप्रिय बन्दै गएपछि आफूहरु पछाडि पर्ने डरले प्रचण्ड- माधव पार्टी भित्रको सहमति नै तोडेर भागेको बताउनुभयो । माडीमा नेपाल सरकारद्वारा थुप्रै विकासका कामहरू भइरहेको बताउँदै उहाँले प्रधानमन्त्री ओलिको राष्ट्र भक्ति र देश विकासको अभियानलाई माडीबासीले साथ दिने विश्वास समेत व्यक्त गर्नुभयो ।

साथै अर्काे प्रसंगमा उहाँले भूमिहीन र सुकुम्बासीको उचित व्यवस्थापनका लागि तिब्रताका साथ काम अगाडि बढाइएको पनि बताउनु भयो । नेकपा माडी नगर कमिटी सदस्य रेशमलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेकपा केन्द्रिय सदस्य तथा भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली रहनु भएको थियो ।

SwadeshPost