जिललास्तरीय नक आउट टि-२० क्रिकेट प्रतियोगिताको बसन्तपुर युथ क्लब ए बिजयी

341
SwadeshPost

३० माघ, चितवन । जिललास्तरीय नक आउट टि-२० क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा बसन्तपुर युथ क्लब ए बिजयी भएको छ ।बसन्तपुर युथ ए र माडी ४ ‘ए’ बिच भएको खेलमा बसन्तपुर ‘ए’ ६ विकेटले विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको माडी ४ ‘ए’ले २० ओभरमा २०४ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रेको बसन्तपुर ‘ए’ले ५ विकेट गुमाएर १९.३ ओभरमा लक्ष्य पूरा भेटिएको थियो । सतकीय पारा खेलेका माडी ४ ‘ए’ का आजाद खानले ५० बलमा १० छक्का १३ चौकासहित १२२ रन बनाएका थिए । उनले ३ ओभरमा बलिङ गर्दै २ विकेट लिएका थिए ।खेलमा १०१ रन पूरा गरी बसन्तपुरमा चिरन श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका थिए । भोलिको पहिलो सेमीफाइनल खेल बसन्तपुर युथ क्लब र सोमेश्वर युवा क्लबबिच र दोश्रो खेल बसन्तपुर युथ क्लब र कल्याणपुर क्रिकेट क्लब बिच हुनेछ ।

SwadeshPost