सोनाम ल्होसारको अवसरमा माडीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न्

445
SwadeshPost

चितवन । २८५७औँ सोनाम ल्होसार अर्थात् तामाङ समुदायको नयाँ वर्ष पर्वको अवसरमा माडीको बसन्तपुरमा र्यालीसहित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सञ्चालन भएको छ ।स्याउलीबास गुम्बा र माडी तामाङ समुहको आयोजनामा बसन्तपुर बजारमा र्याली प्रदर्शन गरी होटल प्याराडाइजमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । समूहकी अध्यक्ष कालिदेवी तामाङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र वडाध्यक्षहरुसंगै विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले ठूलो संघर्ष र लडाईंबाट प्राप्त अधिकारहरुको रक्षाका निम्ति एकजुट हुन समस्त तामाङ समुदायलाई आग्रह गर्नुभयो । तामाङ भाषा, संस्कृति र भेषभूषालाई संरक्षण गर्न नगरपालिकाले निरन्तर सहयोग गर्ने बताउँदै उहाँले माडीमा तामाङ होमस्टे स्थापना गर्न सुझाव पनि दिनुभयो । आगामी दिनहरुमा माडीमा फरक फरक स्थानमा नभई एकै स्थानमा ल्होछार कार्यक्रम आयोजना गर्न पनि उहाँको अनुरोध थियो ।

SwadeshPost