विशेषाधिकार प्रयोग गर्दै आफूले प्रतिनिधीसभा विघटन गरेको ओलीको भनाइ

296
SwadeshPost

फागुन १, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेषाधिकार प्रयोग गर्दै आफूले प्रतिनिधीसभा विघटन गरेको बताउनुभएको छ ।

शनिबार बुटवलमा ओली नेतृत्वको नेकपाले गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले संसदले काम नै नगर्ने अवस्था आएपछि विशेषाधिकार प्रयोग गरेर आफूले संसद विघटन गरेको र यो संविधान सम्मत रहेको जिकीर गर्नुभयो । संसद पुनर्स्थापना भएमा कुनै पनि पार्टीको बहुमत नहुने र त्यस्तो बेला अस्थिरता आउने उहाँको दावी थियो । प्रचण्ड नेपाल पक्षलाई जनसमर्थन हेर्न बुटवलमा आउन पनि उहाँको टिप्पणी थियो ।

SwadeshPost