गायिका बिष्णुमाया पौडेलको स्वरमा माया चोखो छ बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक

723
SwadeshPost

माडी-७, कीर्तनपुर निवासी लोकदोहोरी गायिका एवं टि.भी. कार्यक्रम प्रस्तोता बिष्णुमाया पौडेलको स्वरमा माया चोखो छ बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।

प्रियसी म्युजिक युट्युब च्यानल मार्फत सार्बजनिक गीतमा गायिका पौडेललाई गायक पुष्कल शर्माले स्वरमा साथ दिनुभएको छ । भिडियोमा गायिक पौडेलसंगै स्माईल धिताल, सरिता राज उपाध्याय, सन्तोष दाहाल लगायतको अभिनय रहेको छ । महेन्द्र बिश्वकर्माको शब्द तथा बिमल डाँगीको लय रहेको सो गीतको भिडियोलाई दिपक गिरीले छायांकन र बबिता श्रेष्ठले निर्देशन गर्नुभएको हो ।

https://youtu.be/0I4OQJk8M58

नेपालीहरूलाई फरक मनोरञ्जन प्रदान गर्न गीत सङ्गीतको भिडमा यो फरक तर मौलिक गीत बनाएको गायिका पौडेलले बताउनुभयो । पौडेलले यसअघि आधा दर्जन लोकदोहोरी गीतहरुमा स्वर दिनुभएको छ भने हाल मेगा टेलिभिजनबाट प्रशारण हुने झ्याम्मै दोहोरी कार्यक्रम सञ्चालनमा समेत आवद्ध रहनुभएको छ ।

SwadeshPost