कलाकारहरू रातामकै र मुलाको साग समूहद्वारा माडी मा. वि.लाई स्मार्ट टि.भी. र खेलौनाहरु प्रदान

547
SwadeshPost

चितवन । घरजग्गा व्यवसायी समेत रहेका कलाकारहरु किरण के.सी. (रातामकै), सुरेन्द्र के.सी. (मुलाको साग) र राज के.सी. समूहले माडी माध्यमिक विद्यालयमा स्मार्ट टि.भी. र खेलौना सामग्रीहरु प्रदान गरेको छ ।

के.सी.त्रय सम्मिलित ट्वन्टीवान प्रपर्टी डिलर्सका तर्फबाट माडीको बसन्तपुरस्थित सो विद्यालयको शिशु र नर्सरी कक्षाका लागि ४३ इन्च साइजका २ थान स्मार्ट टि.भी. र ४० हजार रुपैंया बराबरका खेलौनाहरु प्रदान भएको हो ।

सहयोग स्वरुप प्राप्त सामग्रीहरु सोमबार माडी ३ का वडाध्यक्ष पुरन महतोले विद्यालयलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा वडा नं. ३ वडा कार्यालयका तर्फबाट स्मार्ट टि.भी. चल्ने इन्टरनेट जडान समेत गरिएको वडाध्यक्ष महतोले जानकारी दिनुभयो ।

SwadeshPost