राम्रो दिमाग भएका व्यक्तिहरु सबैजना प्रधानमन्त्री ओलीको बिरुद्धमा रहेको प्रचण्डको टिप्पणी

331
SwadeshPost

३ फागुन, चितवन । प्रचण्ड-माधव नेतृत्वको नेकपाका एक अध्यक्ष समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो दिमाग भएका व्यक्तिहरु सबैजना प्रधानमन्त्री ओलीको बिरुद्धमा रहेको टिप्पणी गर्नुभएको छ ।

सोमबार गृहजिल्ला चितवन आउनुभएका उहाँले सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै प्रचण्डले नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको उपलब्धीहरु प्रधानमन्त्री ओलीले धरापमा पारेको भन्दै ‘आम नेपाली जनता र राम्रो दिमाग भएका व्यक्ति, ओलीको विरुद्धमा रहेको’ अभिव्यक्ति दिनुभएको हो ।

जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको दावी गर्दै उहाँले प्रधानमन्त्री ओलीले विगतमा राजा महाराजाले झैं पञ्च¥याली गर्दै हिँडेको समेत टिप्पणी गर्नुभयो । संसद विघटनलाई प्रतिगमन भन्दै उहाँले प्रधानमन्त्रीले प्रतिगमनको बाटो पक्डिएदेखि नै हारिसकेको र हार्दै जाने जिकीर गर्नुभयो । यसअघि, प्रचण्ड माधव नेतृत्वको नेकपाले चौथो चरणको आन्दोलन अन्तरगत आउँदो फागुन १२ गते चितवनमा बृहत जनप्रदर्शन सहित जनसभा गर्ने सार्वजनिक गरिसकेको छ ।

SwadeshPost