‘अदालतले संविधानका धारा पल्टाएर फैसला गरे प्रतिनिधिसभा पुनर्स्थापना’ : गगन थापा

331
SwadeshPost

३ फागुन, चितवन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले अदालतबाट कर्तव्य पालना गर्दै संविधानका धारा पल्टाएर फैसला भए प्रतिनिधिसभा पुनर्स्थापना हुने बताउनुभएको छ ।

नेपाली कांग्रेस चितवनले सोमबार भरतपुरको चौबिसकोठीमा सम्पन्न गरेको बिरोध सभालाई सम्बोधन गर्दै थापाले अदालतले खुट्टा नकमाई कर्तव्य पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकारनै नभएको पनि जिकिर गर्नुभयो ।

नेता थापाले अहिलेको प्रश्न चुनाव या संसद पुनर्स्थापना नभई संबिधानको रक्षा रहेको बताउनुभयो । प्रतिनिधिसभा पुनर्स्थापना भएपश्चत प्रधानमन्त्री केपी शर्मा ओलीलाई, उहाँले नै दमकमा ठूलो खर्च गरी बनाएको भ्यू टावर विचरण गर्न झापा पठाइने थापाले व्यङ्ग्य समेत गर्नुभयो ।

SwadeshPost