मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडीका शिक्षकहरुले ३ दिनको तलब नगरपालिकाको एम्बुलेन्स खरिद सहयोगार्थ प्रदान गर्ने

  • A
  • A+
  • A++

३ फागुन, चितवन । माडीका शिक्षकहरुले ३ दिनको तलब एम्बुलेन्स खरिद सहयोगार्थ प्रदान गर्ने भएका छन् ।

विज्ञापन १

माडीका प्रधानाध्यापकहरुको सोमबार बसेको बैठकबाट नगरपालिकाले सञ्चालन गर्न लागेको एम्बुलेन्स खरिद सहयोगार्थ हरेक शिक्षकबाट ३ दिनको तलब (कुल रकम करीब ६ लाख रुपैंया) सहयोगस्वरुप दिने निर्णय गरेको हो ।

विज्ञापन २

त्यसैगरी, सोही बैठकबाटै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि माडी नगरक्षेत्रका प्रधानाध्यापकहरुले ३० बुँदे लिखित कार्यसम्पादन प्रतिवद्धता जाहेर गरेका छन् । यो संगै विद्यालयमा कार्यरत हरेक शिक्षकहरुले प्रधानाध्यापकसंग २० बुँदे लिखित प्रतिबद्धता जाहेर गर्ने पनि निर्णय भएको छ ।

विज्ञापन ३

यसबाहेक बैठकले नगरस्तरीय बिषयगत शिक्षक समिति गठन गर्ने, नगरस्तरीय शिक्षा ऐन कार्यान्वन सुरु गर्ने र आगामी बर्ष नगरस्तरीय शिक्षक मैत्री भलिबल प्रतियोगिता दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाले आयोजना गर्ने पनि निर्णय गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया