माडीका प्रधानाध्यापकहरुको बैठकबाट ६ वटा बिषयगत बिज्ञ शिक्षक समूह गठित

531
SwadeshPost

४ फागुन, चितवन । माडीका प्रधानाध्यापकहरुको बैठकले अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र कम्प्युटर बिषयमा ५/५ सदस्यीय बिषयगत बिज्ञ शिक्षक समूह गठन गरेको छ ।

बैठकले जनकल्याण मा.वि.का शिक्षक सुवास बुढाको संयोजकत्वमा नेपाली, जनजीवन मा.वि.का शिक्षक रामप्रसाद भण्डारीको संयोजकत्वमा सामाजिक, सोमेश्वर मा.वि.का शिक्षक चन्द्रमणी महतोको संयोजकत्वमा अंग्रेजी, माडी मा.वि.का शिक्षक विजय गुप्ताको संयोजकत्वमा बिज्ञान, जनकल्याण मा.वि.का शिक्षक बिक्रम के.सी.को संयोजकत्वमा गणित र सोमेश्वर मा.वि.का शिक्षक प्रदीप महतोको संयोजकत्वमा कम्प्युटर बिषयको बिषयगत शिक्षक समूह गठन भएको हो ।

माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालको अध्यक्षतामा सोमबार बसेको प्र.अ. बैठकमा नगरप्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्य र शिक्षा विकास तथा समन्वय ईकाई भरतपुरका प्रमुख भूमिलाल सुवेदीको विशिष्ट आतिथ्य ग्रहण रहेको थियो ।

SwadeshPost