माडीको इन्द्रबस्तीमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको घटनास्थलमै मृत्यु

641
SwadeshPost

५ फागुन, चितवन । माडीको इन्द्रबस्तीमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको घटनास्थलमै मृत्यु भएको छ ।

माडी-८ स्थित टुनामुना खोला सिरानमा ढुङ्गा उठाउन जाने क्रममा बिहान करीब ९ः३० बजेको समयमा ना. ५ त. ३०४५ नम्बरको ट्याक्टर दुघर्टनामा परेको हो । सो दुर्घटनामा परी माडी ८, इन्द्रबस्ती निवासी वर्ष २२का ट्याक्टर चालक मनोज सुनारको ट्याक्टरले च्यापी घटनास्थलमा मृत्यु भएको हो ।

मृतकको शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ । एकाबिहानै ट्याक्टर दुर्घटना भई चालकको मृत्यु भएसंगै इन्द्रबस्ती गाउँ वरपर शोक छाएको छ ।

SwadeshPost