मोटरसाइकल दुर्घटनामा परी दुई युवाहरु गम्भीर घाइते

334
SwadeshPost

५ फागुन, चितवन । माडीको बरुवा बजारमा मोटरसाइकल दुर्घटनामा परी दुई युवाहरु गम्भीर घाइते भएका छन् । साँझ करीब ७:३० बजेको समयमा माडी-१ बरुवा बजारमा भएको दुर्घटनामा परी माडी ४, अम्रौली निवासी युवाहरु समिर महतो र उदयराज महतो गम्भीर घाइते भएका हुन् ।

महतोद्वय सवार प्रदेश ३. ०३००१ प. ७२३९ नम्बरको एन.एस. मोटरसाइकल तीब्र गतिका कारण अनियन्त्रित भई बरुवा बजारस्थित माडी कटेज अगाडिको कल्भर्टमा ठोकिएको थियो । दुर्घटनामा परी घाइते भएका दुबैजनालाई रेडक्रस गर्दी उपशाखाको एम्बुलेन्समार्फत भरतपुर पठाइएको छ । घाइतेद्वयको अवस्था गम्भीर रहेको छ ।

SwadeshPost