बैकुण्ठे मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिको पाँचौँ साधारण सभा सम्पन्न

320
SwadeshPost

चितवन । माडी ८ स्थित बैकुण्ठे मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिको पाँचौँ साधारण सभा बुधबार सम्पन भएको छ ।वडा ८ का अध्यक्ष कृष्णराज अधिकारीको प्रमुख आतिथ्यमा भएको सभाले सामुदायिक वनबाट आएको जनावरको आक्रमणबाट घाइते भएकाहरूलाई खर्च भएको बिल भरपाई रकमको १५ प्रतिशत र मृत्यु भएकाे खण्डमा २०,००० प्रदान गरिने निर्णय पारित भएको वडा अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयाे ।सो सभाले संस्थालाई योगदान पुर्याउने २ जना तदर्थ समिति र एक जना कार्यसमिति गरी ३ जनालाई सम्मानित गरेको थियो ।

त्यस्तै न्यानो कपडा वितरण गरेबापत ३ वटा विद्यालयहरूलाई ५/५ हजार नगद, रक्तदान गरेर सहयोग पुर्याएको अयोध्यापुर मध्यवर्ती बचत तथा सहकारी संस्थालाई १०,००० नगद र वडाका ४ वटा कृषि समूहलाई प्रति समुह २ वटाका दरले ८ वटा ट्यांकी बितरण गरेको हाे ।बैकुण्ठे मध्यवर्ती सामुदायिक वनका अध्यक्ष मोहनबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको विशिष्ट अतिथि रूपमा जनजीवनका प्रअ शोभाखर गौतम रहनुभएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

SwadeshPost