महानायक राजेश हमाल माडी मै घर बनाई बसोबास गर्ने इच्छा जाहेर

670
SwadeshPost

५ फागुन, चितवन । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले माडी क्षेत्रमै घर बनाई बसोबास समेत गर्ने इच्छा जाहेर गर्नुभएको छ ।बुधबार श्रीमती मधु भट्टराई र केहि होटल व्यवसायीहरुसहित माडीको यात्रा गर्नुभएका हमाललाई माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले माडीमै बसोबास गर्न अनुरोध गर्नुभएको थियो । जवाफमा हमालले आफूलाई अति मनपरेको माडी क्षेत्रमा जमीन किनेर घर बनाउने इच्छा जाहेर गर्नुभएको हो ।माडीको पर्यटन प्रवर्धन हुनेगरी पछिल्ला दिनहरुमा पटक पटक माडी आउनुभएका हमाललसंगै होटल व्यवसायीहरु राजकुमार भट्टराई, देवी लोहनी र भीम लामा समेत माडी आउनुभएको थियो ।

भेटमा होटल व्यवसायीत्रयले मेयर ढकाललाई द्रौपतिनगर र पाण्डवनगर क्षेत्रमा पर्यटनका विकासमा साझेदारी गर्न नगरपालिकासंग साझेदारीको अनुरोध गर्नुभएको थियो । उहाँहरुले माडी १, पाँचपाण्डव गाउँमा सरिता बोटद्वारा सञ्चालित नमुना बोटे होमस्टे खाना खानुका साथै नाँचगान समेत गर्नुभएको थियो ।

SwadeshPost