माडीका ५ वटा वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण हुने

321
SwadeshPost

७ फागुन, चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले माडीका ५ वटा वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि टेण्डर गर्ने निर्णय गरेको छ । शुक्रबार सम्पन्न माडी नगरपालिकाको कार्यपालिका बैठकबाट माडी नगरपालिका वडा नं. २, ४, ५, ७ र ९ मा स्वास्थ्य केन्द्रहरुको भवन निर्माणको टेन्डर आह्वान गर्ने निर्णय गरिएको हो । भवनहरु निर्माणका लागि संघीय स्वास्थ्य मन्त्रालयबाट प्राप्त १ करोड ३० लाख रुपैंया बजेट विनियोजन रहेको र नपुग रकम माडी नगरपालिकाले व्यहोर्ने जनाइएको छ ।

यसबाहेक कार्यपालिका बैठकले नगरभित्र आगजनी, बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपबाट भएको क्षतीमा नगरपालिका प्रकोप कोषबाट बढीमा ५० हजार रुपैंयासम्म राहत दिने पनि निर्णय गरेको छ । त्यस्तै, व्यवसायिक कृषि कर्जाको लागि व्याज अनुदान कार्यविधी २०७७, कृषि यान्त्रिकीकरण प्रवद्र्धन कार्यविधी २०७७, प्राङ्गारिक खेती प्रबद्र्धन कार्यक्रम २०७७ र कृषि तथा पशुधन वीमा सम्बन्धी कार्यबिधी २०७७ पारित गर्ने पनि निर्णय गरेको नगर कार्यपालिका प्रवक्ता शिवहरि सुवेदीले जनाउनुभयो 

SwadeshPost