चितवन उद्योग संघको माडी ईकाई समितिको कार्यालय स्थापित

145
SwadeshPost

७ फागन, चितवन । चितवन उद्योग संघको माडी ईकाई समितिले माडीको बसन्तपुर बजारमा कार्यालय स्थापना गरेको छ । माडी-५, बसन्तपुरस्थित नयाँबजार टोलमा संघको माडी इकाई समितिको कार्यालय स्थापना भएको हो । कार्यालय स्थापना कार्यक्रममा ईकाइका अध्यक्ष भोजराज खनाल, उपाध्यक्ष अमृत खनाल, सचिव रमेश नेपाली, कोषाध्यक्ष नारायण रिजाल र सदस्यहरु घनश्याम चौधरी, कूल प्रसाद महतो, प्रेमनाथ भुसाल, कौशिल्य देवी शाह र भोजराज देवकोटा तथा संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

हाल माडीभरका ५७ जना उद्योगी व्यवसायीहरु चितवन उद्योग संघको माडी ईकाईमा आवद्ध रहेका छन् । त्यसैगरी संघद्वारा सञ्चालित ‘चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था’मा माडीका ३७ जना उद्योगी व्यवसायीहरु सेयर सदस्यका रुपमा जोडिएका छन् ।

SwadeshPost