दुर्घटना न्यूनिकरणका लागि ट्राफिक माडीमा सचेतनामूलक कार्यक्रम

121
SwadeshPost

७ फागुन, चितवन । दुर्घटना न्यूनिकरणका लागि माडी ४, खैरहनी मावि र खैरहनी प्रहरी चौकीको संयुक्त आयोजनामा ट्राफिक सचेतना तथा र्याली प्रदर्शन गरेको छ । माडी क्षेत्रमा पछिल्लो समयमा सडक दुर्घटना बढ्दै गएकाले सोको न्यूनिकरणका लागि तथा ट्राफिक ब्यबस्थापन कार्यलाई चुस्त दुरुस्त बनाउन सचेतना मुलक कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्माले जानकारी दिनुभयो । विद्यार्थी, प्रतिनिधि, स्थानिय गरी झण्डै ४५० जनाको उपस्थिमा भएको र्याली खैरहनी मावि बाट सुरु भएको थियो ।

र्यालीमा सधैँ लेन अनुशासनको पालन गरौं, सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगरौं जस्ता नारा लगाउँदै सिधुवा चोकसम्म पुगेको थियो । र्यालीमा पश्चात प्रमुख शर्माले सडक प्रयोगकर्ता सर्वसाधारण र चालक ट्राफिक नियम पालनामा जागरुक हुनुपर्ने र सामुदायिक अपराध न्यूनीकरणका विषयमा जानकारी दिनुभएको थियो

SwadeshPost